काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले पत्रकार सहित ५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव, तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । रौतहटको फतुवा विजयपुर नगरपालिका(४ स्थित कृषकलाई औषधि स्प्रे ट्यांकी वितरणमा अनियमितता गरेको आरोपमा उजुरी परेपछि अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । ट्यांकी खरिदका लागि आह्वान गरिएको बोलपत्र सूचना पत्रिकामा प्रकाशित गरेको देखाएर पत्रकार र कर्मचारीको मिलेमतोमा सूचनै प्रकाशित नगरी रकम भुक्तानी लिएको खुलेको थियो ।