काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कञ्चनपुर भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर विष्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उक्त मुद्दामा २० लाख रुपैयाँ जरिबाना, सात दिन कैद र ८० हजार रुपैयाँ क्षतिपूर्ति भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशले कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।