काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा जिल्लास्थित शाखा कार्यालय नगराइन, स्याङ्जा जिल्लास्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्लास्थित शाखा कार्यालय झलारी, कैलाली जिल्लास्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं जिल्लास्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्लास्थित शाखा कार्यालय सैनामैना, दाङ जिल्लास्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्लास्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्लास्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरू विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरूको संख्या तीन सय सात पुगेको छ ।
साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा तीन सय सातवटा शाखा कार्यालय, तीन सय १२ वटा एटीएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् ।