काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस नेसनल कार्ड स्वीच तथा नेपाल–पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत, रितेश अर्याललगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
यो सम्झौतासँगै बैंकले डोमेस्टिक कार्ड योजना नेपाल–पे कार्ड जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागि स्वीच एकीकृत गर्न सक्नेछ । नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकका एक सयवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सातवटा प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेको छ ।