काठमाडौँ । विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड एम्पोरियो अरमानीले नेपालमा आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै जे एन्डकोलाई नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ ।
यस व्यापारिक साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको हो । एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज अरमानी ग्रुपअन्तर्गतको एक प्रमुख शाखा हो, जसले आधुनिक जीवनशैली झल्काउने उत्कृष्ट डिजाइन र आकर्षक एक्सेसरिजहरू प्रदान गर्दै आएको छ । युवा वर्गदेखि व्यावसायिक वर्गसम्ममा लोकप्रिय यो ब्रान्डले विश्वभर लक्जरी फेसनको पर्यायका रूपमा आफ्नो पहिचान बनाएको छ ।
जे एन्ड को अब एम्पोरियो अरमानीको सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापन गर्ने अधिकार प्राप्त कम्पनीको रूपमा नेपालमा परिचालित हुनेछ । कम्पनीले छिट्टै राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा उच्चस्तरीय सोरूम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट नेपाली ग्राहकले अन्तर्राष्ट्रियस्तरको लक्जरी खरिद अनुभव लिन सक्नेछन् । सुरुवाती चरणमा सोरूममा ट्राभल एक्सेसरी, ट्राभल एक्सेसोरिज, ब्याग, जुत्ता, वालेट तथा अन्य फेसन एक्सेसरीहरू उपलब्ध गराइनेछ ।