काठमाडौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर)का बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार यातायात व्यवस्था कार्यालय ठूलोभर्याङले सवारीचालक अनुमतिपत्रको लागि प्रयोगात्मक परीक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर)मा उपलब्ध सम्पूर्ण ड्राइभिङ कोर्षहरूमा कुमारी बैंकका ग्राहकहरूलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ । विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरूसँग समन्वयन गरी छुट तथा किस्ताबन्दीका सुविधाहरू उपलब्ध गराउँदै आएको छ ।
बैंकले देशभर रहेका तीन सय दुईवटा शाखा सञ्जाल, तीन सय १८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।