काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४’ सम्पन्न भएको छ ।
बैंकका अनुसार यही जेठ २१ गते बुधबारदेखि जेठ २४ गते शनिबार (चार दिन)सम्म काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, बीमा कम्पनीहरू, मर्चेन्ट बैंंकहरू तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै उक्त प्रतिोगिताको विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम समेत मिति २०८२/०२/२६ गते सोमबार सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्तरूपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् । उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंकका विजय पारा लिम्बु, उत्कृष्ट बलर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५–संस्करण ४ का सम्पूर्ण प्रायोजकहरू, सहभागी सम्पूर्ण टिमहरू, प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा कार्यक्रम सम्पन्न गर्न सहयोय गरेका व्यक्ति÷सस्ंथाहरूलाई बैैंकले हार्दिक आभार व्यक्त गरेको छ ।