काठमाडौं । हिमालयन बैंक लिमिटेडकोे गौंडा शाखा स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङबाट सोमबारदेखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्नेगरी सञ्चालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बैंकका कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका छन् । बैंकले हाल नेपालभरि फैलिएका एक सय ७४ शाखा कार्यालय, २० वटा विस्तारित काउन्टर, दुई सय ८६ एटीएम, आठ हजारभन्दा बढी पीओएस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।