काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब मेडिटेक इन्टरनेसनल हस्पिटल एन्ड रिसर्च सेन्टर, बुटवलमा उपचार सेवा लिदा १० देखि २५ प्रतिशतसम्म छुट प्राप्त हुने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।