बीरगञ्ज । वीरगञ्जको बौहरवा भाटीमा ‘माइलेज च्याम्पियन २०२५’ सम्पन्न भएको छ । रिशव इम्पेक्सको आयोजनामा भएको उक्त कार्यक्रममा ७० जना प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब चार सयभन्दा बढी दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रतिस्पर्धामा सहभागीहरूलाई एक लिटर पेट्रोल उपलब्ध गराई, त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो । प्रतियोगितामा विजेता बनेका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका थिए । यस्तै, उपविजेता हिराल मुखियाले ८७ किलोमिटर दूरी तय गरेका थिए भने सञ्जीत कुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै तेस्रो भए ।