काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन १३ अंकले खुुम्चिएको नेप्से परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नौं दशमलव आठ अंकले ओरालो लागेर २६ सय ५५ दशमलव ३८ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९९ अंकले ओरालो लागेर चार सय ५४ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख दुई हजार आठ सय ९५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड ८६ लाख सात हजार छ सय ८५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब ५१ करोड ५३ लाख आठ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका नौं वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।