काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं चुच्चेपाटीस्थित तिलगंगा सिटी आई केयरमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त आँखा केन्द्रमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यो केन्द्रमा ग्राहकहरूले आँखा जाँच र विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी)मा १० प्रतिशत तथा प्रिस्क्रिप्सन चश्मामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । तिलगङा नेत्र प्रतिष्ठानको सहसंस्था अल्पा हेल्थ केयर एन्ड डायगोनिस्टक सेन्टरले अत्याधुनिक प्रविधि प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले नयाँ बानेश्वरस्थित प्रचलित अल्फा हेल्थ केयर एन्ड डायगोनिष्टक सेन्टमा १५ प्रतिशत र सातदोबाटोस्थित पब्लिक नेपाल डेन्टल हस्पिटल एन्ड पोलिक्लिनिकमा ५० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ६२ वटा न्यानो नानीमार्फत हरेक वर्ष २२९४ भन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ । बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४० करोड कर तिरेको छ । साथै, चालू आर्थिक वर्षको पुस मसान्तसम्म १५ करोड करस्वरूप बुझाइसकेको छ । बैंकले हाल एक सय २१ वटा शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।