काठमाडौं । नेपालमा भर्खर भित्रिएको पिकअप ट्रक टुनल्यान्ड जी७ ले २३ दिनभित्रै नेपालका आठवटा सबैभन्दा अग्ला र कठिन अफ–रोड स्थानहरूमा पुगेर विश्वमै नयाँ कीर्तिमान बनाएको छ ।
यस उपलब्धिले यसको शक्ति र क्षमताका साथै कठिन स्थानका लागि पनि यो भरपर्दो रहेको कुरालाई प्रमाणित गरेको कम्पनीको दाबी छ । टुनल्यान्ड जी७ ले नेपालका सबैभन्दा कठिन भू–भागहरू दार्चुलाको हिकिला (१,९६७ मिटर), पर्वतको फलामे (२,३२५ मिटर), इलामको सन्दकपुर (३,६३६ मिटर), कर्णालीको जुम्ला (२,५१४ मिटर), मनाङको खाङसार (३,७५६ मिटर), ढोरपाटन (३,९०० मिटर), माथिल्लो मुस्ताङको कोरोला सीमा (४,६६० मिटर) र संखुवासभाको गुफापोखरी (२,८९० मिटर)लगायतका उच्च भू–भाग र दुर्गममा अवस्थित क्षेत्रहरू सफलतापुर्वक पार गरेको थियो । यी मार्गहरूमा ठाडो उकालो, भीर र कच्ची बाटाहरू रहेका थिए । टुनल्यान्ड जी७ ले ती सबै गन्तव्यलाई सफलतापूर्वक नेभिगेट गरेर तिनीहरूको पूर्ण क्षमता अनुभव गर्ने अहिलेसम्मकै उत्कृष्ट अफ–रोड पिकअप बन्न सफल भएको हो ।
कम्पनीका अनुसार यसमा भएको १६० हर्सपावर र ३९० एनएम टर्कले यात्राभरि नै असाधारण पुल फोर्स देखाएको थियो । आर१८ टायरले हिलो र ढुङ्गामा राम्रो ग्रिप दिँदै सन्तुलन कायम राख्न मद्दत गर्यो भने दुई सय २५ मिमी ग्राउन्ड क्लियरेन्सले गर्दा बाटोमा आएका ढिस्काहरूमा नअड्किएरै पिकअप सजिलै अघि बढेको थियो । उकालो चढ्दा वा ओरालो झर्दा ‘हिल होल्ड’ र ‘हिल डिसेन्ट कन्ट्रोल’ले अत्यन्त सहज अनुभव दिएको थियो । बाहिरीरूपमा कडा देखिने टुनल्यान्ड ७ भित्रचाहिँ विलासी र आरामदायी छ । यसमा प्यानोरामिक सनरुफ, तातो÷चिसो हुने १२–तरिकाले एडजस्ट गर्न मिल्ने इलेक्ट्रिक सिट, १२ दशमलव तीन इन्चको इन्फिनिटी स्क्रिन, अटोमेटिक एसी र स्मार्ट स्टार्ट बटन रहेको छ । यी सबै कुराहरूले संयोजनले चालकहरूको लामो र थकाइपूर्ण यात्रालाई पनि सहज बनाएको कम्पनीले जनाएको छ ।
२३ दिने यो यात्रा टुनल्यान्ड जी७ को एक वर्षे परीक्षणको हिस्सा थियो, जसले यसको शक्ति, टिकाउपन र इन्धन दक्षता प्रमाणित गरेको कम्पनीको दाबी छ । टुनल्यान्ड जी७ ले हरेक पाटोमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको अपेक्षाभन्दा बढी नै उपलब्धि हासिल गरेको हो । यो यात्राले टुनल्यान्ड जी७ केबल सहर वा सहज सडकका लागि मात्र होइन, जङ्गल, दुर्गम स्थान र उच्च पहाडी सडकहरूका लागि बनेको पिकअप हो भन्ने देखाएको कम्पनीको भनाइ छ ।