काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य गत मङ्गलबारदेखि निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा शुक्रबार सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ ।

गत मङ्गलबार एक तोला सुनको मूल्य एक लाख ९० हजारमा कारोबार भएको थियो भने शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।