काठमाडौं ।इजरेली हमलाको जबाफमा इरानले गयराती इजरेलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ। हमलाहरू जारी रहँदा इजरेली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन्।।
बीबीसीका संवाददाताले तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसलेममा विस्फोटको आवाज सुनिएको बताएका छन्। अन्य इजरेली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन्।
उक्त जबाफी हमलामा परेर ४० जनाको इजरेली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। इजरेली सञ्चारमाध्यमहरूले तीनजनाको मृत्यु भएको उल्लेख गरेका छन्।
शनिवार सबेरैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन्।
संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रवारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए "अझ क्रूर" इजरेली आक्रमण हुनसक्ने चेतावनी दिएका छन्।
इजरेल के भन्छ?इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ।
इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रत्याक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।
इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो।इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारिएको जनाउँदै कैयौँ स्थानहरूमा खोज तथा उद्धार टोलीहरू खटाइएको जनाएको छ।
इजरेली सञ्चारमाध्यमहरूले इरानी प्रत्याक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन्।
इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो।इजरेलले इस्फहान र फोर्डोस्थित आणविक केन्द्रका साथै इरानको नटान्जस्थित मुख्य युरेनिअम प्रशोधन केन्द्रमा प्रहार गरेको जनाएको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले 'युद्ध सुरु गरेको' र आफ्नो देशले जबाफमा 'ठूलो प्रहार' गर्ने बताएका छन्।
इजरेलमा जबाफी प्रहारहरू गरेपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्।
इस्लामिक रिभोलुशनरी गार्डस्ले एक विज्ञप्तिमार्फत इरानले इजरेलका "दर्जनौं निशानाहरू, सैन्य अखडा र हवाई अड्डाहरूमा" हमला गरेको जनाएको छ।
इरानले आफ्नो उक्त कारबाहीलाई "ट्रु प्रमिस थ्री" (अनुवादित नाम) नाम दिँदै त्यसबारेका थप विवरण पछि बताइने जनाएको छ।
समाचार संस्था एएफपीले आफ्ना एकजना पत्रकारलाई उद्धृत गर्दै तेहरानस्थित विमानस्थलबाट आगो र बाक्लो कालो मुस्लो आइरहेको देखिएको जनाएको छ।इरानको अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा "विस्फोटन" भएको बताएको छ र त्यहाँबाट भारी धुवाँ निस्किरहेको देखिने तस्बिर सार्वजनिक गरेको छ।
इजरेली हमला धेरैजसो परमाणु र सैन्य केन्द्रहरूमा लक्षित देखिन्छन् तर आवासीय क्षेत्रहरूमा पनि त्यसको असर पारेको छ।
इजरेलले इरानलाई परमाणु अस्त्र बनाउन रोक्नका लागि आक्रमण सुरु गरेको बताएको छ।(बीबीसी)