काठमाडौं । नेपालकै सबैभन्दा ठूलो पेन्ट कम्पनी, एसियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलर नेक्स्ट’ आयोजना गरेको छ । सो कार्यक्रममा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सरलगायत व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को कलर अफ द एयरको रूपमा ‘कार्डिनल’ रंगको घोषणा गरिएको छ ।
विश्वव्यापीरूपमा रङ र फिनिसिङमा अग्रणी सोच निर्माण गर्ने एसियन पेन्ट्सले सन् २००३ देखि ट्रेन्ड फरकास्टको क्षेत्रमा काम गर्दै आएको छ । कलर नेक्स्ट, एसियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो, जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रविधिहरूको अध्ययन गरिन्छ । यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्छ ।