वासिङ्टन डिसी । अमेरिकामा मिनेसोटा राज्यका दुई डेमोक्रयाटिक सांसादलाई उनीहरुको घरमा गोली हानिएको छ । जसमध्ये एक सांसद र उनका श्रीमानको मृत्यु भएको छ ।
डेमोक्रयाटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको हो । दोस्रो घटनामा, डेमोक्रयातिक स्टेट सिनेटर जोन हफम्यान र उनकी श्रीमती यभेटलाई गोली हानिएको थियो । तर उनीहरु दुवै घाइते भएका छन् । दुवैको शल्यक्रिया भएको छ र चिकित्सकले उनीहरु बाँँच्ने अपेक्षा गरेका छन् ।
मिनेसोटाका गभर्नर टिम वाल्जले दुवै सांसदमाथि भएको आक्रमण राजनीतिक रुपमा प्रेरित रहेको देखिएको बताएका छन् । उनले मेलिसा महान जनसेवक भएको र उनको स्थान कसैले लिन नसक्ने बताएका छन् । प्रहरीले आक्रमणकारी फरार रहेको बताएको छ । आक्रमणकारी बन्दुकधारी प्रहरीको भेसमा आई गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।