मुग्लिन (चितवन) । नारायणगढ–मुग्लिन सडक खण्ड इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको छ । मंगलबार मध्याह्न १२ बजे सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।

सडक विभागको मेसिन प्रयोग गरी अहिले पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टाभन्दा बढी लाग्न सक्ने सिंहको अनुमान छ ।