काठमाडौं । गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ । कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार इन्स्योरेन्सको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंलाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
यस गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर रजिष्ट्रारअन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत हुने बेहोरा सम्पूर्ण सेयरधनी महानुभावलगायत सम्बन्धित सबैको जानकारीको लागि सोयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड नियुक्त भएको छ ।