काठमाडौं । एनआईसी एसिया लघुवित्तले वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । लघुवित्तले जेठ १७ गते देखि ३१ गतेसम्म देशभरि सातवटै प्रदेशका विभिन्न शाखामा कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता प्रदान गरेको हो ।
संस्थाका अनुसार कार्यक्रमबाट कोशी प्रदेशका आठ शाखामा चार सय ६५ जना, मधेश प्रदेशका आठ शाखामा चार सय ६० जना, बागमती प्रदेशका सात शाखामा चार सय ३० जना, गण्डकी प्रदेशका सात शाखामा तीन सय ९० जना, लुम्बिनी प्रदेशका नौ शाखामा छ सय ९५ जना, कर्णाली प्रदेशका आठ शाखामा चार सय जना, र सुदूरपश्चिम प्रदेशका आठ शाखामा छ सय पाँच जना गरी कुल तीन हजार चार सय ४५ जना सदस्यहरू लाभान्वित भएका छन् । संस्थाले ग्रामीण परिवेशका विपन्न वर्गका सदस्यहरूलाई वित्तीय पहुँचमा असहजता अन्त्य गर्नका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा संस्थाका विभिन्न तहका कर्मचारी एवं स्थानीय लब्धप्रतिष्ठित व्यक्तिहरूले वित्तीय ज्ञान प्रदान गरेका थिए । संस्थाले आफ्ना सदस्यहरूलाई बेला–बेलामा पशुपालन, लघु उद्यम, आधुनिक कृषिलगायतका विषयमा तालिमको पनि प्रबन्ध गर्दै आएको छ ।
लघुवित्तको गुनासो सुनुवाई कार्यक्रम
काठमाडौं । गत असार १ गते र २ गते एन.आइ.सी. एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोृलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरुको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।