काठमाडौं । पोखरा महानगरपालिका ३१ मा रहेको होटल हिमालय सेरेन भ्यू र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले खाना र पेय पदार्थमा १० प्रतिशत साथै आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा होटल हिमालय सेरेन भ्यूमा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा होटल हिमालय सेरेन भ्यूका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलको संयुक्त हस्ताक्षरबीच सम्पन्न भयो ।
त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर तीन सय ११ वटा शाखा कार्यालयहरू, दुई सय ८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ । साथै प्रभु बैंक फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।