काठमाडौं, साउन २३
ग्लोबल आईएमई बैंक लिमिटेडले बिहीबार मुगु जिल्लाको छायानाथ गाउँपालिका वडा नं. २, गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अनुुसार नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुुई सय ५८ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर, राजस्व संकलन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले ७१ वटा जिल्लामा फैलिएको दुुई सय ५८ शाखा सञ्जालसहित दुुई सय ३४ एटीएम, ३९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, दुुई सय तीन शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि, सम्र्पक कार्यालयमार्फत आफ्ना २० लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।