काठमाडौं, साउन २३ नेपाल धितोपत्र बोर्डले समाज लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर निष्काशन गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार उक्त संस्थालाई प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ८६ लाख रुपैयाँबराबरको ८६ हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो । संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।