काठमाडौं । नेपाल अटोमोटिभ व्यवसायी एसोसिएसनको प्रथम बागमती प्रदेश भेलाले नारायण देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शनिबार राजधानीमा भएको एक कार्यक्रमका बीच देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका हो ।
उक्त कार्यसमितिमा जीवनराम भट्टराई र गरुढ लामा उपाध्यक्ष, संजय सिग्देल सचिव, अमर पोदार कोषध्याक्ष, राजकुमार श्रेष्ठ सहकोषाध्यक्ष रहेका छन् । साथै, कार्यसमिति सदस्यहरूमा प्रेम कार्की, दीपक बुढाथोकी, पुरुषोत्तम रुपाखेती, खिरबहादुर कुँवर, कमल अधिकारी, युवराज थापा, तीर्थबहादुर बुढाथोकी, पुष्प घलान, मोहन बुढाथोकी र राजन दंगाल रहेका छन् ।