काठमाडौं, साउन २३ नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)को प्रमुुख कार्यकारी अधिकृतमा पुुनः रमेशराज अर्याल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको साउन १९ गते बसेको आठ सय २औं बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि पनि प्रमुुख कार्यकारीमा अधिकृतमा नियुुक्त गरेको हो । बैंकका अनुसार अर्यालको दोस्रो कार्यकाल आगामी असोज एक गतेबाट सुरु भई चार वर्षको लागि हुुनेछ ।