काठमाडौं । साताको सुरुवाती कारोबार दिन आईतबार नैं शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । नेप्से परिसुचक आज ३२ दशमलव ९३ अंकले ओरालो लागेर २५ सय ९५ दशमलव ९७ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३८ अंकले ओरालो लागेर चार सय ४४ दशमलव १० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ८७ हजार तीन सय दुई पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड १५ लाख ४७ हजार ५५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै उपसमुहहरुको सुचक ओरालो लागेर शेयर बजार पुरै रातो भएको छ ।