काठमाडौं । लक्जरी रिटेलर जे एन्ड कोले काठमाडौंको दरबारमार्गमा आफ्नो नयाँ फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ फ्ल्यागसिप स्टोरमा स्विस लक्जरी ब्रान्ड बालीलाई नयाँ परिचय र ताजगीका साथ पुनः लन्च गरेको छ । साथै, कम्पनीले पहिलोपटक नेपालमा प्रसिद्ध इटालियन फेसन ब्रान्ड एम्पोरियो अरमानी पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
सो स्टोरको उद्घाटन नेपालका ख्यातिप्राप्त उद्योगपति राजेन्द्र खेतान र आइरा झुनझुनवालाले गरेका थिए । यो स्टोरले जे एन्ड कोको अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई नेपाली ग्राहकहरूसम्म पु¥याउने जनाइएको छ । ‘यो विस्तार नेपालको फेसन क्षेत्रमा नयाँ अध्याय हो,’ जे एन्ड कोका प्रबन्ध निर्देशक पंकज झुनझुनवालाले भने, ‘एम्पोरियो अरमानीले आफ्नो अद्वितीय शालीनता र सहरी सौन्दर्य ल्याउँछ भने बालीले आफ्नो समृद्ध स्विस इतिहासलाई नयाँ डिजाइन दृष्टिकोणसहित फर्किएको छ । हामी यी अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई एउटै छानामुनि नेपालमा ल्याउन पाउँदा गौरवान्वित छौँ ।’
कम्पनीका अनुसार एम्पोरियो अरमानीले नेपालमा पहिलोपटक आफ्नो परिष्कृत इटालियन डिजाइन, न्यूनतावाद र आधुनिक लुकसहितका उत्पादनहरू प्रस्तुत गर्दैछ, जुन आधुनिक र फेसनमा रूचि राख्ने युवापुस्तालाई लक्षित गरिएको छ । बाली, जसले आफ्नो हस्तकला परम्परा र उत्कृष्टता लिएर नयाँ पहिचानसहित पुनरागमन गरेको छ, अब परम्परागत स्विस कौशललाई आधुनिक सौन्दर्यसँग जोड्दै नेपालको बजारमा नयाँ युगको संकेत दिएको छ ।