काठमाडौं । सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृहमन्त्रीले मंगलबार संसदमा बोल्दै उक्त कुराको जानकारि दिएका हुन् ।उनका अनुसार शंकरदास वैरागीको अध्यक्षतामा गठित समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल सदस्य छन्।अन्य सदस्यमा कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्।
काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिएका छन्। रास्वपाले उक्त छानबिन समितिको बिरोध गरेको छ । स्वार्थ बाझिने गरि गृहमन्त्रीले आफ्ना निकट मान्छेलाई समितिमा राखेको भन्दै रास्वपाले बिरोध जनाएको हो ।