काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघ (एमबान)द्वारा आयोजित ‘एमबान कप २०८२’को फुटसल खेलमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई फाइनलमा हराउँदै यस वर्षको उपाधि हासिल गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट समन्वय, कठिन परिश्रम र उच्च मनोबलको प्रदर्शन गर्दै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड टिमले तीन प्रतिष्ठित उपाधिहरू क्रमशः उपाधि विजेता, उत्कृष्ट गोलकिपर तथा सर्वाधिक गोलकर्तासहित ऐतिहासिक उपाधि हासिल गर्न सफल भएको हो ।
यस ऐतिहासिक जितमा योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टिमलाई नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि. परिवारको तर्फबाट हार्दिक बधाई एवं धन्यवाद व्यक्त समेत गरेको छ । आगामी दिनहरूमा पनि यस्ता प्रतियोगितामा सक्रिय सहभागी भई संस्थाको गौरव बढाउँदै जाने दृढ संकल्पका साथ, हामी सबैलाई अझ प्रेरणा मिलोस् भन्ने कामना नेपाल एसबिआई मर्चेन्ट बैंकिङ परिवारले गरेको छ ।