काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नौ लाख ९४ हजार छ सय २२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार संस्थापक सेयर बिक्री गर्दा कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल यस सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थाकप शेयरधनीबाट आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री खुला गर्न प्रक्रिया अघि बढाइने जानकारी कम्पनीले दिएको छ ।