काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले आइएमई हस्पिटालिटी र इला होटल एन्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । ग्लोबल आइएमई बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्फर्ट एन्ड रिसोर्ट प्रालिबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।
सम्झौतामा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवं बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले आइएमई हस्पिटालिटीद्वारा सञ्चालित होटल तथा रिसोर्टहरूमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् । आइएमई समूहको लगानीमा देशका विभिन्न स्थानहरूमा पर्यटक तथा पाहुनाहरूलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्टहरू सञ्चालन गरिरहेको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक होे ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, एक सय ५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवाकेन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।