काठमाडौं । फोटोनको प्रमुख पिकअप टुनल्यान्ड जी७ लाई पुल्चोकस्थित ‘द प्लाजा’ मा औपचारिकरूपमा सार्वजनिक गरिएको छ । यसअघि नै टुनल्यान्ड जी७ ले २३ दिनमै आठ वटा उच्च र कठोर अफ–रोड भू–भागहरू पार गर्ने विश्वकै पहिलो पिकअपका रूपमा इतिहास रचिसकेको छ ।
नेपालमा डेब्यु गर्नुअघि यो गाडी १५ हजार किलोमिटरको कठिन परीक्षणमा टेस्ट गरिएको थियो । हालै आयोजित एक कार्यक्रममा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, फोटोन इन्टरनेसनल साउथ एसियाका प्रबन्ध निर्देशक एरिक वाङ, बेइकी फोटोनका पीआर निर्देशक तथा फोटन इन्टरनेसनलका प्रमुख अकाउन्ट निर्देशक ली जुओचेंग, फोटोन इन्टरनेसनल प्यासेन्जर भेहिकल बिजनेसका सीनियर मार्केटिङ म्यानेजर एमिली डिङ, लियो झाओ र एमएडब्लु वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले संयुक्तरूपमा जी७ सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले पछिल्ला छ वर्षमा कम्पनीले नेपालमा एक हजार पाँच सयभन्दा बढी फोटोन सवारीसाधन बिक्री गरिसकेको बताए । सोमध्ये पाँच सयभन्दा बढी पिकअपहरू बिक्री गरेको जानकारी दिए । साथै, कार्यक्रममा टुनल्यान्ड जी७ पहिल्यै बुकिङ गरेका ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिएको थियो ।
टुनल्यान्ड जी७ बलियो र इन्टेलिजेन्सको खोज गर्ने यात्रुहरूको लागि बनाइएको हो । १६० एचपी पावर र ३९० एनएम टर्कसहित जी७ ले नेपालको सबै भूभागमा अद्वितीय प्रदर्शन दिन्छ । २२५ मिमीको उच्च ग्राउन्ड क्लियरेन्सका साथ यो गाडी उबडखाबड बाटो, उकालो चढाइ र अनिश्चित हिमाली बाटाहरूलाई आत्मविश्वासका साथ पार गर्न सक्छ । हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलले चढाइ र ओर्लाइ दुवैलाई सुरक्षित बनाउँछ । गाडीको भित्री भागमा १२ दशमलव इन्चको इन्फिनिटी स्क्रिन राखिएको छ । यस्तै, तातो र चिसो हुने, १२ तरिकाले एडजस्ट गर्न सकिने इलेक्ट्रिक सिटहरू छन् ।
फोटोन टुनल्यान्ड जी७ सुरुवाती मूल्यहरू एलिटका लागि ५१ लाख ९९ हजार रुपैयाँ, लक्जरीका लागि ६५ लाख ४० हजार र फ्ल्यागसिप मोडेलका लागि ६९ लाख ९९ हजार रुपैयाँ गरी तीन फरक भेरियन्टहरूमा उपलब्ध छ । यस्तै, यो गाडीमा उच्च टर्क र इन्धन दक्षताका लागि चिनिएको बलियो २.० लि डिजेल इञ्जिन छ । यसका मुख्य फिचरहरूमा १० दशमलव २५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, रियर–भ्यु क्यामेरा, डुअल एयरब्याग, एबिएस विथ ईबीडी, हिल होल्ड असिस्ट र इलेक्ट्रोनिक डिफरेन्सियल लक सामेल छन् ।