नयाँ दिल्ली । भारतमा जुलाई १ देखि रेल यात्रा महँगो हुने भएको छ । गैरएसी मेल/एक्सप्रेस रेलहरूको भाडा प्रतिकिलोमिटर एक पैसा र एसी क्लासको भाडा प्रतिकिलोमिटर दुई पैसा बढाउने तयारी भएको छ । यो सबै परिवर्तन जुलाई १ देखि लागू गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भारतमा रेलवेले यसअघि सन् २०२० मा यात्रु भाडा बढाएको थियो ।
रेल्वेले पाँच वर्षदेखि रेलको भाडादरमा कुनै परिवर्तन गरेको थिएन । अहिले रेलवेले सामना गरिरहेको बढ्दो खर्च र मर्मतसम्भार लागतलाई ध्यान दिई भाडा बढाउने निर्णय गरिएको बताइएको छ । यद्यपि यो वृद्धि सामान्य भएकाले यात्रुलाई ठूलो बोझ नपर्ने दाबी गरिएको छ । किनभने यदि पाँच सय किलोमिटर यात्रा गर्न गैरएसीमा पाँच रुपैयाँ र एसीमा १० रुपैयाँ भाडा बढ्नेछ ।