काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको यही असार ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।