काठमाडौं । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर बिक्रीको आह्वान गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता हकप्रद सेयर बिक्रीको आह्वान गरेको हो ।

यही असार १६ गतेबाट सुरु हुने कम्पनीको हकप्रद सेयरको बिक्री कार्य साउन ४ गतेसम्म कायम रहनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।