मध्यविन्दु (नवलपरासी) सर्पको टोकाइबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा एक महिलाको मृत्यु भएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटनाहरु बढ्न थालेका छन् ।
स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले टोकेपछि अस्पताल लगिएकामा उनको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई उपचारका लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । कुन प्रजातिको सर्पले टोकेको हो पहिचान नभएको उनले जनाएका छन् ।