गण्डकी । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको आगामी वर्ष २०८२/०८३ को बजेट तथा मन्त्रालयगत विनियोजनमाथि छलफल जारी छ ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपाङ्गी मगरले प्रदेशसभाको बिहीबारको बैठकमा मन्त्रालयगत विनियोजनका विषयमा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको जानकारी दिए ।
उनले मन्त्रालयका मन्त्रीले बिहीबार र बाँकीले शुक्रबारको बैठकमा जवाफ दिने बताए । यही असार १ गते प्रस्तुत भएको आगामी आवको बजेटमाथि असार ४ गतेदेखि प्रदेशसभामा छलफल सुरू भएको थियो । प्रदेशसभा सचिवालयले बजेट र मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बजेट पारितका लागि प्रदेशसभा बैठकमा निर्णायार्थ पेस हुने जनाएको छ ।