काठमाडौ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ‘नामी फाइभ स्टार अफर’ सार्वजनिक गरेको छ । यो विशेष र सीमित अवधिको अफर नेपालभरका सबै नामी सोरूमहरूमा उपलब्ध हुने जनाइएको छ ।
अफरमार्फत ग्राहकहरूले नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा अतिरिक्त लाभहरू पाउनेछन् । जसले उनीहरूको खरिद अनुभवलाई झनै मूल्यवान र लाभदायक बनाउनेछ । नामी फाइभ स्टार अफरले ग्राहकहरूलाई आकर्षित गर्ने पाँचवटा विशेष सुविधाहरू प्रदान गर्नेछ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ केडब्लू प्लस ३.५केडब्लू चार्जर, अटो प्लस बीमा, चालू आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् । विद्युतीय सवारीप्रतिको रूचि बढ्दो क्रममा रहेको वर्तमान परिवेशमा नामी ईभी स्मार्ट सहरियाहरूका लागि सुलभ र आधुनिक विकल्प बन्न पुगेको छ । यी पाँच लाभहरूका कारण नामी खरिद गर्नु अहिलेसम्मकै बुद्धिमानी र लाभदायक निर्णय बन्ने पक्का छ ।
बढ्दो विद्युतीय सवारी बजारमा नामी लोकप्रिय छनोट बनेको छ । बेस्ट–इन–क्लास फिचरहरू, इम्प्रेसिभ ड्राइभिङ रेञ्ज र स्मार्ट मूल्यका कारण यो धेरै ग्राहकहरूको पहिलो रोजाइ बन्न सफल भएको हो । सुपथ मूल्यमा लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजन पस्कन सक्ने क्षमताले नामीलाई विद्युतीय सवारी चाहनेहरूको नजरमा झनै विश्वसनीय बनाएको कम्पनीको दाबी छ । यी सीमित अवधिका अफरहरूको फाइदा लिन र झन्झटरहित तरिकाले आफ्नो सवारी अपग्रेड गर्नका लागि कम्पनीले आफू नजिकको डोङफेङ सोरूममा जान आग्रह गरेको छ ।