रूकुम । रूकुम पश्चिमको चौरजहारी नगरपालिका वाईसीएलका इन्चार्ज रेशम केसी बलात्कार अभियोगमा पक्राउ परेका छन् । जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् । रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् । जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ । पक्राउ परेका विष्टलाई म्याद थपको लागि अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरी बताएको छ ।