काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट तीपेनीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको यात्रुवाहक बस मेलम्चीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि ८ जना घाइते भएका छन् । उनीहरुको मेलम्ची अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
घाइते हुनेहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी,हेलम्बु चनौटेकी सुस्मिता ज्योती, भोताङकी पेमा लामा,नोर्कि तामाङ, महेश्वर ढकाल चालक, बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् । चालक महेश्वर ढकालको अबस्था गम्भीर रहेको छ भने । बाकिको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।