काठमाडौं । नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डका अनुसार कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न असार १० गते अनुमति दिइएको हो ।
अनुमतिअनुसार कम्पनीमा एक सय कित्ता सेयर हुनेले एक सय कित्ताकै लागि आवेदन दिन सक्ने गरेर सेयर जारी गर्ने भएको हो । जसअनुसार कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा ४६ करोड ५७ लाख १४ हजार तीन सय रूपैयाँको ४६ लाख ५७ हजार एक सय ४३ कित्ता हकप्रद निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।