काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ बन्दीपुर गाउँपालिका–१ घर भएका ४७ वर्षीय विष्णुबहादुर भण्डारी र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने रोल्पा माडी गाउँपालिका–४ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंको २०८० मंसिर २७ गतेको फैसलाले उक्त मुद्दामा ११ लाख रूपैयाँ जरिबाना र १ महिना कैद सजाय ठहर भई फरार रहेका विष्णु बहादुरलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट शुक्रबार पक्राउ गरेको हो । साथै सोही मुद्दामा फरार रहेका प्रेम बहादुरलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउमध्ये विष्णुबहादुरलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने प्रेमबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाइएको छ ।