काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से परिसुचक २६ दशमलव ५३ अंकले उकालो लागेर २६ सय २२ दशमलव २८ बिन्दुमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ७० अंकले उकालो लागेर चार सय ४८ दशमलव ६० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २८ वटा कम्पनीहरुको ७४ हजार सात सय ५२ पटकको कारोबारमा एक करोड ६६ लाख ४३ हजार एक सय १४ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब १२ करोड १७ लाख ३६ हजार एक सय १४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये उत्पादमुलक उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।