काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको ११ महिनामा ३९ अर्ब तीन करोड ४४ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीले २५ लाख ८७ हजार तीन सय १५ वटा बीमालेखबाट सो बीमाशुल्क सङ्कलन गरेका हुन् । जुन एक वर्षअघिको तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो । गत आवको पहिलो ११ महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३६ अर्ब ३२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।
गत जेठ मसान्तसम्म नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ७७ हजार दुई सय ५२ वटा बीमालेखमार्फत एक अर्ब ८४ करोड ४२ लाख ३५ रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले पनि ४० हजार दुई सय सात वटा बीमालेखबाट दुई अर्ब ४२ करोड ५३ लाख ३८ हजार बीमाशुल्क सङ्कलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले पनि पछिल्लो अवधिमा एक लाख ५६ हजार २३ वटा बीमालेखमार्फत एक अर्ब ३१ करोड ५० लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
नेसनल इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको ११ महिनामा २६ हजार एक सय ८६ वटा बीमालेखमार्फत ९७ करोड ७६ लाख ६१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले दुई लाख ६५ हजार तीन सय ५२ वटा बीमालेखमार्फत दुई अर्ब ९५ करोड ८५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा एक लाख ११ हजार पाँच सय १४ वटा बीमालेख जारी गरी एक अर्ब ५७ करोड ९५ लाख १२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले भने दुई लाख ७५ हजार तीन सय ५४ वटा बीमालेखमार्फत पाँच अर्ब नौं करोड नौं लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनीले चालू आवको जेठ मसान्तसम्म एक लाख ७९ हजार छ सय १५ वटा बीमालेखमार्फत दुई अर्ब ७४ करोड ३३ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले दुई लाख ५१ हजार सात सय ५६ वटा बीमालेखमार्फत तीन अर्ब ५१ करोड ४५ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले पनि चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा एक लाख २१ हजार दुई सय ८२ वटा बीमालेखमार्फत दुई अर्ब ३६ करोड तीन लाख ६७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले दुई लाख ७३ हजार चार सय ९४ वटा बीमालेखमार्फत तीन अर्ब ९० करोड ८८ लाख सात हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पनि पछिल्लो ११ महिनामा दुई लाख ५४ हजार चार सय ५४ वटा बीमालेखमार्फत चार अर्ब ५० करोड ३७ लाख ८३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले दुई लाख एक हजार सात सय आठ वटा बीमालेखमार्फत तीन अर्ब ३९ करोड ३७ लाख १३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । युनाईटेड अजोड इन्स्योेरेन्स कम्पनीले भने चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा दुई लाख ५३ हजार एक सय १८ वटा बीमालेख जारी गरी दुई अर्ब ४१ करोड ८६ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।