बनियानी । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा विद्युत् चुहावट भई गएराति आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा आगलागी हुँदा करिब १२ लाख बराबरको क्षति भएको जानकारी दिए ।
आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्णरूपमा जलेर नष्ट भएको छ । आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सक्रियतामा पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी कार्यालयले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।