बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जङ्गलमा आइतबार राति एउटै दिशाबाट जाँदै गरेको दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।
चितवन जिल्लाको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय घाइते भएका चालक अरुण श्रेष्ठ को तीन घण्टापछि उद्धार गरिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । स्टेरिङमा च्यापिएका चालकलाई ट्रकको झ्याल काटेर तीन घण्टापछि निकालिएको उनले बताए ।
दुर्घटनामा परी घाइते भएका श्रेष्ठ ना ६ ख ३७६३ नम्बरको ट्रकको चालक हुन् । उद्धार पछि उनलाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक भने सामान्य छन । दुवै ट्रकमा चालक बाहेक अन्य कोही नरहेको बताइएको छ ।