पूर्वप्रधानमन्त्री एवंम एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल एकपछि अर्को बिवादमा तानिएका छन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा अदालतबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल अहिले विराटनगरमा रहेको जग्गमा पनि मुछिएका छन् ।
२०६६ साल जेठ देखि २०६७ साल माघ २२ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी भएको समयमा नेपाल जोडिएको विराटनगर नगरपालिका वडा नम्बर २ को शंकरपुरस्थित सोमबारे हाट स्थानमा रहेको करिब ३ बिघा जग्गा कृषि प्रयोजनका लागि टासी कम्पनी मार्फत क्यानिङ कम्पनी प्राली खडा गरि संञ्चालन गरेका थिए ।
हदबन्दीको जग्गा हाल मोरङको मोतिपुरतर्फ अर्को जग्गा देखाएर सट्टा र विक्री भैरहेको पाइएको छ । उक्त कुरा कानूनत ः नमिल्ने देखिएको छ । समाचार स्रोतका अनुसार माधव कुमार नेपाल प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्को निर्णयले कम्पनीको जग्गा हदबन्दी गरी पुन रिजाल परिवारलाई बिक्रीका लागि खुला गरिदिएको पाइएको छ ।