काठमाडौं । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नते दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश टेकबहादुर कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यहि असार ६ गते फैसला गरेपनि सजाय भने सोमबार निर्धारण गरेको हो । नगरपालिकाको जिम्मेवारीमै रहेर भ्रष्टाचार गरेवापत तीन महिना कैद, सम्पत्ति शुद्धीकरणतर्फ थप तीन महिना १८ दिन कैद र दुई करोड ६५ लाख ५४ हजार जरिबाना तोकिएको छ ।
कुल १३ करोड १२ लाख ७३ हजार सम्पत्ति शुद्धीकरण गरेको ठहर भएका बस्नेतलाई थप तीन बर्ष कैद र विगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार जरिबाना हुने फैसला भएको छ । ९ करोड २२ लाख ४६ हजार भ्रष्टाचार ठहरमो घुस दिने माउन्टेन टेलिभिजनका सञ्चालक रहेका कंपनी पद्मा कोलोनी प्रा.लि र पद्मा मर्चेन्ट प्रा.लि सहितलाई दोषी ठहर गरेको छ । बस्नेत र तीन कम्पनीलाई जनही आठ बर्ष कैद तोकिएको छ ।