काठमाडौं । वाणिज्य बैंकहरूले घरजग्गा क्षेत्रमा कर्जा लगानी बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले घरजग्गा (रियलस्टेट) क्षेत्रमा २०८२ वैशाख मसान्तसम्म दुई खर्ब ३६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । जुन एक वर्षअघिको तुलनामा २३ अर्ब २३ करोड १० लाख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तमा वाणिज्य बैंकहरूले घरजग्गामा कुल दुई खर्ब १३ अर्ब २० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
२०८२ वैशाख मसान्तसम्म नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एसिया बैंकलगायत केही बैंकहरूले घरजग्गामा कर्जा प्रवाह घटाएका छन् । नेपाल बैंकले घरजग्गामा २०८२ वैशाख मसान्तसम्म १३ अर्ब २२ करोड नौ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन एक वर्षअघिको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो । २०८१ वैशाख मसान्तसम्म नेपाल बैंकले घरजग्गामा १४ अर्ब ८९ करोड ३६ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
एक वर्षअघि घरजग्गा क्षेत्रमा नौ अर्ब ६१ करोड ५५ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्रिय वाणिज्य बैंकले गत वैशाख मसान्तसम्म यस्तो कर्जा बढाएर १० अर्ब तीन करोड एक लाख ९० हजार पु¥याएको छ । नबिल बैंकले पनि घरजग्गामा २४ अर्ब २४ करोड २५ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षअघि नबिलले घरजग्गामा २२ अर्ब ८१ करोड २४ लाख १० हजार रुपैयाँ प्रवाह गरेको थियो ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि २०८२ वैशाखसम्म घरजग्गामा २५ अर्ब २१ करोड २२ लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक वर्षअघि यो बैंकले घरजग्गामा प्रवाह गरेको कर्जा २४ अर्ब छ करोड ६४ लाख २० हजार रुपैयाँ थियो । स्टान्र्डर्ड चार्टर्ड बैंकले पनि गत वैशाखसम्म घरजग्गा क्षेत्रमा आठ अर्ब ६० करोड ६५ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन एक वर्षअघि आठ अर्ब ११ करोड २२ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
२०८१ वैशाख मसान्तसम्म घरजग्गा क्षेत्रमा १३ अर्ब ९५ करोड ५२ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको हिमालयन बैंकले यस वर्ष वैशाखसम्म कर्जा प्रवाह घटाएर ११ अर्ब ७६ करोड १६ लाख ९० हजार रुपैयाँमा झारेको छ । यस्तै, गत वर्ष वैशाख मसान्तसम्म चार अर्ब ६५ करोड ८३ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल एसबीआई बैंकले गत वैशाखसम्म कर्जा घटाएर चार अर्ब दुई करोड ३६ लाख ७० हजार रुपैयाँमा झारेको छ । एभरेस्ट बैंकले पनि २०८२ वैशाखसम्म आठ अर्ब १९ करोड ९२ लाख ५० हजार रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेको छ । जुन एक वर्षअघि एभरेस्टको यस्तो कर्जा छ अर्ब २४ करोड ११ लाख ८० हजार रुपैयाँ थियो ।
२०८१ वैशाख मसान्तसम्म घरजग्गा क्षेत्रमा २९ अर्ब २२ करोड ८७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेको एनआईसी एसिया बैंकले २०८२ वैशाखसम्म यस्तो कर्जा घटाएर २५ अर्ब ३४ करोड २० लाख रुपैयाँमा सीमित राखेको छ । माछापुच्छे«े, कुमारी र लक्ष्मी सनराइज बैंकले २०८२ वैशाख मसान्तसम्म घरजग्गामा क्रमशः एक अर्ब ८६ करोड ६७ लाख ३० हजार, आठ अर्ब ३१ करोड ७७ लाख ९० हजार र १५ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि २०८१ वैशाखसम्म यी बैंकहरूले यस्तो कर्जा क्रमशः एक अर्ब ५७ करोड एक लाख, दुई अर्ब चार करोड ८१ लाख ६० हजार र नौ अर्ब ३१ करोड ६६ लाख ७० हजार रुपैयाँ थियो ।
सिद्धार्थ, कृषि विकास र ग्लोबल आईएमई बैंकले पनि गत वैशाख मसान्तसम्म घरजग्गा क्षेत्रमा क्रमशः चार अर्ब ४० करोड ८२ लाख १० हजार, दुई अर्ब दुई कोड ५० लाख ६० हजार र १८ अर्ब ४८ करोड ८० लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि यी बैंकहरूको यस्तो कर्जा क्रमशः चार अर्ब ३४ करोड १९ लाख ४० हजार, एक अर्ब ६७ करोड २१ लाख ४० हजार र १५ अर्ब ३१ करोड ९३ लाख ८० हजार रुपैयाँ थियो ।
सिटिजन्स, प्राइम र एनमबी बैंकले पनि २०८२ वैशाखसम्म घरजग्गा क्षेत्रमा क्रमशः पाँच अर्ब ८१ लाख ६० हजार, २२ अर्ब ८८ करोड २० लाख ४० हजार र पाँच अर्ब ६१ करोड २१ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । २०८१ वैशाख मसान्तसम्म क्रमशः चार अर्ब ६१ करोड चार लाख १० हजार, १७ अर्ब ३३ करोड ३८ लाख ५० हजार र चार अर्ब ४९ करोड ७५ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
प्रभु र सानिमा बैंकले पनि गत वैशाखसम्म घरजग्गामा क्रमशः १४ अर्ब ६५ करोड २६ लाख २० हजार र छ अर्ब ६५ करोड २८ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि यी दुई बैंकले घरजग्गामा प्रवाह गरेको कर्जा क्रमशः १३ अर्ब ११ करोड ६४ लाख ७० हजार र पाँच अर्ब ३९ करोड ६४ लाख ३० हजार रुपैयाँ थियो ।