काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२५ मा बिजनेस मोडल इनोभेसन विधाअन्तर्गत ‘प्लाटिनम अवार्ड’बाट सम्मानित भएको छ ।
बैंकले डिजिटल इनोभेसनमा उत्कृष्ट काम गरेबापत उक्त पुरस्कार प्राप्त गरेको हो । इन्फोसिस फिनाकलद्वारा हरेक वर्ष प्रदान गरिने उक्त इन्फोसिस फिनाकल इनोभेसन अवार्डको २०२५ संस्करणमा विश्वभरका प्रमुख बैंकहरूबाट १० वटा श्रेणीमा तीन सयभन्दा बढी मनोनयन भएका थिए । उक्त अवार्ड हरेक वर्ष बैंकिङ क्षेत्रमा प्रविधिगत नवप्रवर्तनलाई प्रोत्साहित गर्ने उद्देश्यले प्रदान गरिने आयोजक कम्पनीले जानकारी दिएको छ ।
माछापुच्छ्रे बैंकले बैंकिङ सेवामा नवीनतम प्रविधिहरूको प्रभावकारी प्रयोग गरी ग्राहकलाई अझ सहज, सुरक्षित र दिगो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।